अब कुपण्डोलमा पनि मुक्तिनाथ विकास बैंक
वि.सं.२०७५ माघ १० बिहीवार २२:३४
shares

ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ शाखा कार्यालयको उद्घाटन गरेका हुन । शाखा कार्यालय उद्घाटन गर्दै महर्जनले बैंकिङ कारोबर सहज र सरल हुनुपर्नेमा जोड दिएका छन । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौ उपत्यका भित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा ल्याईसकेको छ । इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीमा पनि छिटै नयाँ शाखा विस्तार गर्ने बैंकले जनाएकाे छ ।

























