काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नक्कली प्रमाणपत्रधारी शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा

11.99K
shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरेका शिक्षकविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा रामसखी मोहम्मद सिंह जनता माध्यमिक विद्यालय बलरा सर्लाहीका शिक्षक देवनारायण ठाकुरवीरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शिक्षक ठाकुरले मुजफ्फरपुर भारतबाट बिए पास गरेको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको अख्तियारको आरोप छ । त्यस्तै प्रहरी हबल्दार चन्द्रा भण्डारीले पनि नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियारले उनीविरूद्द पनि मुद्दा दायर गरेको छ ।

हबल्दार भण्डारीले भारतबाट दश पास गरेको नक्कली प्रमाणपत्र बनाएर प्रहरी जवानमा जागिर खाएको अख्तियारले जानकारी दिएको छ ।