काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माग पूरा नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान

11.72K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीले उठाएका माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याएको छ । डा. केसीसँग यसअघि भएका सम्झौताहरू अक्षरशः पालना गर्नुपर्ने भन्दै त्यसो नभएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याएको हो ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठले यस्तो अडान राखेको हो । त्यसै गरी सोही बैठकले आफ्ना दुई पूर्व सभापति गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई पनि संघीय सरकारअन्तर्गत राख्नुपर्ने माग राखेको छ ।

आफूले राखेका यी दुई माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने कांग्रेसको अडान छ । त्यस्तै उक्त बैठकमा नेपाल विद्यार्थी संघको म्याद थप्ने विषयमा पनि छलफल भएको थियो ।