सगरमाथा इन्स्योरेन्स र एनसीसी बैंकबीच सम्झौता
वि.सं.२०७५ माघ १० बिहीवार २२:५१
shares

सगरमाथा इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईआ) चंकी कुँवर क्षेत्री र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे ।
बिमा सेवासम्बन्धी सम्झौतासँगै अब एनसीसी बैंकका ग्राहकले सगरमाथा इन्स्योरेन्सबाट निर्जीवन बिमासम्बन्धी सेवा लिन पाउने छन् । बैंकका अनुसार यो सेवा देशभरका शाखाबाट लिन सकिने छ ।

























