काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मर्यादापालकले भुइँमा सुत्नुपरेको भन्दै आवाज उठाएपछि …

12.03K
shares

प्रदेश पाँचका दुई मर्यादापालकमाथि कारबाही भएको छ । प्रदेश सभा गठन भएको लामो समय भइसक्दा पनि सचिवालयको भुइँमै रात काट्नुपरको विषय मिडियालाई जानकारी गराएको आरोपमा सह मर्यादापालक प्रकाश मल्ल र यज्ञबहादुर खत्रीलाई कारबाही भएको हो ।

संसद सचिवालयका सचिव दुर्लभकुमार पुनको निर्देशनमा उनीहरुलाई दंगा प्रहरी कार्यालयमा सरुवा गरिएको छ । पोसाक परिर्वतन गर्नको लागि पनि घण्टौ लाइनमा बस्नुपरेको र आधारभूत आवश्यकताको माग गर्दा आफूहरुमाथि कारबाही भएको उनीहरुको गुनासो छ ।

गत माघ ६ गते मर्यादापालक भुईमै सुत्न बाध्य भएको समाचार सार्वजनिक भएपछि आन्तरिक विषय बाहिर लगेको भन्दै उनीहरुलाई माथिल्लो निकायबाट पटक–पटक धम्की दिइएको बुझिएको छ ।

दुई जनालाई सरुवा गरिएपछि हाल भने मर्यादापालकका लागि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ । प्रदेश सभामा रहेका ४३ जना मर्यादापालकको लागि महिला र पुरुषका लागि पोसाक परिर्वतन गर्ने दुई कोठा मात्र छुट्याइएको छ ।

मर्यादापालक कारबाहीमा परेकोबारे बुझ्न खोज्दा सचिव पुन पत्रकारसँग के कुरा गर्ने भन्दै तर्किएका छन् ।