एनएमबी बैंकले लिँदैछ साहसिक निर्णय, अटो लोन बढीमा २५ लाख
वि.सं.२०७५ माघ ११ शुक्रवार १५:४६
shares

एनएमबी बैंकले सवारी साधनमा प्रवाह हुने ऋणको सीमा घटाउने भएको छ । बैंकले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सवारी साधन किन्नका लागि ऋण नदिने नीतिको तयारी गरेको हो ।
यसको अर्थ ५० लाखसम्म मूल्य पर्ने गाडीमा बैंकले लगानी गरिदिनेछ । हालको नियमअनुसार सवारी साधनको मूल्यमा ५० प्रतिशतमात्र अटो लोन लगानी गर्न पाइन्छ ।
सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइरहेका बेला अटो लोनमा ठूलो रकम लगानी हुँदा अधिकारीहरुले चिन्ता जनाउँदै आएका छन् । सोही चिन्तालाई मध्यनजर गरी एनएमबि बैंकले यस्तो निर्णय लिएको हो ।
नाफा आउने क्षेत्रमा जतिसक्दो बढी कर्जा दिने होडबाजीका बीच एनएमबि बैंकले चाल्न लागेको यस कदमलाई पूर्वबैंकरहरुले साहसिक कदम भनेका छन् ।

























