चिकित्सा शिक्षा विधेयकविरूद्ध बुटवलमा कांग्रेसको राँके जुलुस
वि.सं.२०७५ माघ ११ शुक्रवार २३:३७
shares

आफ्नो पार्टीको विरोधका बाबजुद सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक सदनबाट पास गरेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले शुक्रबारको दिनलाइ कालो दिनका रुपमा मनाउने भएको छ । कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकद्वारा जारी विज्ञप्तीमा कालो दिनका रुपमा शुक्रबार साँझ ६ बजेपछि जिल्लाका बिभिन्न स्थानमा राँके जुलुससहित विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
कांग्रेसले बुटवलको राजमार्ग चौराह, भैरहवा, सैनामैना, देवदहको खैरेनी, तिलोत्तमाको मणिग्राम, लुम्बिनी र धकधहीमा राँके जुलुस निकाल्ने तयारी गरीरहेको रज्जाले जानकारी दिए ।
रज्जाकद्वारा जारी विज्ञाप्तीमा सरकारले बहुमतको दम्भ प्रदर्शन गर्दै जबरजस्ती सदनबाट बिधेयक पास गर्नुलाइ दुर्भाग्यपुर्ण र लोकतन्त्र विरोधी कदम भनिएको छ । विधेयकलाई लिएर डा. गोविन्द केसी अनसनमा बसीरहेकै बेला उनका जायज मागलाइ सम्बोधन गर्नुको साटो जबरजस्ती विधेयक पास गर्नुले सरकार आम नेपाली जनताको नभई माफियाहरुको चङ्गुलमा फासेको स्पष्ट भएको भन्दै कांग्रेस रुपन्देहीले चरणबद्ध आन्दोलन गर्ने पनि जनाएको छ ।

























