काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जन्ती बोकेको बसमा करेन्ट लाग्यो, ७ जनाको मृत्यु

10.48K
shares

धनुषास्थित सबैला नगरपालिका-६ मा शुक्रबार साँझ जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीका अनुसार जनकपुरदेखि २० किलोमिटर उत्तरपूर्वमा पर्ने सवैला नगरपालिका-६ मा बसमा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।

उक्त घटनामा परी ६ यात्रु घाइते भएका छन्। उनीहरूको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको डिएसपी शाहीले जानकारी दिए।

विद्युतको पोलबाट निस्केको करेन्ट भएको तार लालीमा यातायातको ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसको छतमा लागेपछि घटना भएको प्रहरीले बताएको छ।

उक्त बसमा बिहेका जन्तीी सबार थिए ।
सिन्धुलीको दुधौलीबाट जन्ती लिएर धनुषा फर्किंदै गरेको बसमा हाइ भोल्टेज करेन्ट लाग्दा उक्त घटना भएको बताइएको छ।

घटनास्थलमै मृत्यु हुनेहरुका शव जलेको अवस्थामा छन्।

बसमा करिब ४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई जनकपुर अस्पतालसहितका विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।