काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल भर्सेस युएई : टस जितेर नेपाल ब्याटिङमा

12.31K
shares

युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर ब्याटिङ थालेकाे छ ।

यूएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा सवा एघार बजे सुरु भएकाे हाे । पहिलो खेलमा यूएईसँग तीन विकेटको हार व्यहोरेको नेपाललाई तीन खेलको श्रृङखला जित्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भए नेपालले एक खेल अघि नै सिरिजमा हार दर्ता गर्नेछ ।

आजको खेलमा स्पिनर बसन्त रेग्मीकाे स्थानमा अलराउण्डर राेहित पाैडेललाई स्थान दिइएकाे छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण छ ।

शुक्रबारको खेलमा पराजित भएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाले कमजोर ब्याटिङ प्रदर्शनका कारण खेल हार्नुपरेको बताउँदै आजको खेल जित्न कुनै पनि हालतमा ब्याटिङमा सुधार गर्नुपर्ने बताएका छन् ।