काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

11.66K
shares

अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ ९ गते चट्टयाङबाट उनको टाउको र दायाँ हातमा चोट लागेको थियो । चोट लागेर सामान्य अवस्थामा देखिएको उनको एक्कासी मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्टयाङका कारण धनासहित सो गाउँका १७ घाइते भएका थिए भने अघिल्लो दिन बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका सुगालीमा पनि १४ वर्षीया किशोरी चट्टयाङ लागेर घाइते भएकी थिइन् ।(रासस)