global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ न्यूजिल्यान्ड गोली काण्ड : मृत्यु हुनेको संख्या ४० पुग्यो

न्यूजिल्यान्ड गोली काण्ड : मृत्यु हुनेको संख्या ४० पुग्यो

न्यूजिल्यान्ड गोली काण्ड : मृत्यु हुनेको संख्या ४० पुग्यो

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । अन्य २० जनाभन्दा धेरै गम्भीररूपमा घाइते भएका छन् । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर आक्रमण गरेका थिए । न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले ४० जनाको मृत्यु भएको बताएकी छन् ।

आर्डर्नले शुक्रबारलाई कालो दिन भएको बताउँदै घटनालाई आतङ्ककारी हमला भनेकी छिन् । सरकारले अर्को सूचना नआएसम्म मस्जिदमा नजान सबैलाई आग्रह गरेको छ । प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी भएको बताएका छन् । तर प्रहरीले आफूले रोकेका केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको बताएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ । ’

अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,‘पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले ।’ ‘मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ। तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ ।’

घटनामा कति आक्रमणकारी थिए भन्नेस्पष्ट भइसकेको छैन । तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन् । आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ ।
बीबीसीको सहयोगमा

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु