global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ यस्तो हुन्छ ७.३ रेक्टरको भूकम्प थेग्ने प्लास्टिकको घर

यस्तो हुन्छ ७.३ रेक्टरको भूकम्प थेग्ने प्लास्टिकको घर

यस्तो हुन्छ ७.३ रेक्टरको भूकम्प थेग्ने प्लास्टिकको घर

मानिसहरू आफ्नो बासस्थान सुरक्षित होस् भन्ने चाहान्छन् । त्यसका लागि बलियो घर निर्माण गर्नु उनीहरूको उद्देश्य हुन्छ । आफ्नो यो उद्देश्य पूर्तिमा कोही सफल हुन्छन् भने कोही हुँदैनन् ।

बलियो घर निर्माणकै लागि सिमेन्ट, छडलगायतका कच्चा पदार्थको छनोटमा उनीहरूको ध्यान गएको हुन्छ । भूकम्पले ठाउँ ठाउँमा आवासीय संरचना विनास तथा मानिसहरूको मृत्यु सम्मका समाचारहरू आइरहेका हुन्छन् । यस्तो सन्दर्भमा बलियो घरको चाहना कसलाई पो नहोला र !

नाइजेरियाका एक युवाले बलियो घर कसरी बनाउने भनेर एउटा अनौठो उपाय निकालेका छन् । ति युवाले निकालेको बलियो घर बनाउने ‘काइदा’को अबलम्बन गर्दै त्यहाँ घरहरू पनि बनिरहेका छन् ।

उक्त विधिअनुसार घर निर्माण गर्न चाहिने मुख्य कच्चा पदार्थ भनेको प्लास्टिकको बोतल हो । प्लस्टिकको बोतलमा माटो तथा कङ्कड भरेर यस्तो घर बनाइन्छ । विशेषज्ञले त्यहाँ बनेका घरले ७.३ रेक्टर स्केलको भूकम्पको धक्का थेग्न सक्ने बताएका छन् । यस्तो घर बनाउँन त्यहा करिब ५.६ लाख रूपैयाँ लाग्छ ।

यसको अर्को सकारात्मक पक्ष के पनि हो भने विगत १० वर्षदेखि बेरोजगारी बढीरहेको उक्त देशमा केही हदसम्म रोजगारीको अवसर पनि मिलेको छ । युवाहरूलाई त रोजगारी मिलेको छ नै सँगै प्लास्टिक जुन पर्यावरणका लागि हानिकारक हुन्छ, को सही प्रयोगमा पनि सहयोग मिलीरहेको छ ।

विशेषज्ञका अनुसार यस्तो घरको अर्को राम्रो पक्ष के पनि हो भने यो टिकाउ पनि हुन्छ । किन त ? उनीहरूले यसको कारण बताएका छन्, प्लास्टिकका कारण । अर्थात् प्लस्टिकको बोतल गल्न ४५० वर्ष लाग्छ । अन्य कच्चा पदार्थको उपयोग गरी बनाइएमा घरको आयु त्यती नहुन सक्छ ।

यी घरहरू त्यसरी नै बनाइन्छ जसरी इटा, सिमेन्ट तथा गिटी प्रयोग गरेर घर बनाइन्छ । यो बातावरणीय अनुकुल त छँदै छ, साथसाथै सस्तो समेत पर्दछ ।

माटो र कङ्कड भरिएका प्लास्टिकका बोतललाई एकमाथि अर्को गर्दै राखिन्छ र नाइलनको डोरीले त्यसलाई बाँधिन्छ । क्वाड्रो इको सोलुसन कम्पनीका सिइओ रेमोन मार्टिनलाई उदृत गर्दै अमर उजालाले लेखेको छ, ६०० वर्गफितको घर बनाउन झण्डै साढे पाँच लाख रूपैयाँ लाग्छ ।

तस्बिर : गुगल

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु