global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ वाटफर्ड एफए कपको फाइनलमा

वाटफर्ड एफए कपको फाइनलमा

वाटफर्ड एफए कपको फाइनलमा

वल्भ्समाथि रोमान्चक जित निकाल्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ । इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्स ३–२ गोलले पराजित भएको हो ।

आइतबार वेम्बमा भएको खेलमा वल्भ्सले ३६ औं मिनेटमा जाभिएर डोहर्टिको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने सम्भावना देखाएको वल्भ्सले अन्तिम समयमा सम्हिलन नसक्दा पराजय भोग्नुपर्यो । खेल सकिन ११ मिनेट बाँकी हुँदा जेरार्ड डेउलोफेउले गोल गर्दै वाटफर्डको खेलमा फर्कने आशा बनाए । इन्ज्युरी समयको चौथौं मिनेटमा कप्तान डिनीले पेनाल्टीमार्फत गोल गरे ।

अतिरिक्त समयको १ सय ४ औं मिनेटमा डेउलोफेउले नै गोल गर्दै वाटफर्डलाई जितको बाटो देखाए । सन् १९८४ यता पहिलो पटक फाइनलमा स्थान बनाएको वाटफर्डले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । खेल मे १८ मा वेम्बलीमै हुनेछ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु