global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकमा दुर्घटना, एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना, एक जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना, एक जनाको मृत्यु

चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । एक गम्भीर घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु