गृहपृष्ठ कारले ठक्कर दिँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
कारले ठक्कर दिँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई कारले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
बा४९प ५४२७ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो विपरित दिशाबाट आइरहेको बा१९प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको हो । घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।
मोटरसाइकलमा पछाडि सवार काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय : १५:४२ बजे



















