गृहपृष्ठ नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार
नेपाली गलैंचा उद्योगको ईतिहास र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार
नेपाली गलैंचा उद्योग नेपालका प्रमुख निर्यातजन्य तथा ऐतिहासिक उद्योगहरूमध्ये एक हो। यसको विकास सन् १९६० को दशकपछि सुरु भएको हो, यो उद्योग मुख्यतः हातले बुनेको उच्च गुणस्तरका ऊनी गलैंचाका लागि चिनिन्छ।
नेपाली गलैंचा विशेषगरी युरोप र संयुक्त राज्य अमेरिका जस्ता अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिन्छ। यसले देशमा वैदेशिक मुद्रा आर्जन गर्नुका साथै हजारौँ मानिसलाई रोजगारी प्रदान गरेको छ। त्यसैले यो उद्योग नेपालको अर्थतन्त्र र सांस्कृतिक पहिचानका लागि महत्वपूर्ण मानिन्छ।
मुलुकले आत्मानिर्भताको खोजी धेरै पहिलादेखि गर्दै आएता पनि,आजका दिनसम्म परनिर्भतामा फसिरहेको अत्यासलाग्दो अवस्थाबाट गुज्रीरहेकाछौं । यसै सन्दर्भमा नेपाली गलैंचा उद्यमी तथा व्यवसायी,काठमाण्डौं चावहील बौंद्ध निवासी पवन शाहीसँग गलैंचा उद्योग र यस व्यवशायमा आबद्ध मजदुरहरुको अवस्था,गलंैचा निर्यातको स्वदेशी तथा विदेशी बजारसँगै नेपाली गलैचा उद्योगको भविष्यबारे ,न्युज कारोबारका प्रतिनिधि माधब आचार्यले गरेको कुराकानीको आधारमा संवादको अंश,जस्ताको तस्तै !
नेपालमा,नेपाली गलैचा उद्योगको सुरुवात कहिलेबाट भएको हो ?
खासगरी सन १९७७ अर्थात वि।सं २०३३ सालदेखि काठमाण्डौं उपत्यकामा नेपाली गलैचा उद्योगको स्थापना र विकासको प्रारम्भ भएको पाईन्छ । यस उद्योगको स्थापना कालमा काठमाण्डौं उपत्यका भित्र बसोबास गर्ने लगभग प्रत्येक घरमा गलैचा उद्योग सञ्चालन गरेर आफ्नो आर्थिक उपार्जनको मुख्य स्रोत बनाएका थिए । करिब १० लाखको हाराहारीमा नेपाली गलैचा उद्योग फ्याक्ट्रीमा आवद्ध मजदुर आजका दिनमा आईपुग्दा २ लाख ५० हजारको अभिलेखमा सिमित देखिएको अवस्था छ । नेपाली गलैचाको निर्यात सन १९७७ देखि १९९२ सम्म विदेशी बजारमा निक्कै राम्रोसँग भ्एको पाईन्छ । जति बेला कामाण्डौमा उत्पादन गरिएको कार्पेटलाई सिङ्गापुर तथा हङकङको बजारमा पठाउने गरिन्थ्थो भने आज आएर यसको अन्तराष्ट्रिय निर्यात बजार एकदमै खुम्चिदो अवस्थामा रहेकोछ । छिमेकी देश भारतबाट दैनिक ५०० मिटर कार्पेट नेपाली बजारमा भित्रिदै गर्दा नेपालमा उत्पादित कार्पेट तथा गलैचा,मुस्किलले दैनिक ५० मिटर निर्यात गर्नलाई पनि कठिन भएको कुरा व्यवसायी पवन शाहीले बताए । यस्तो कठिनाई हुनुमा खासगरि निर्यातको ढोकालाई साघुरो बनाएर राज्यले टयाक्सका दायराहरु झन्झटिलो बनाउनुनै मुख्य समस्या रहेको देखिन्छ ।
नेपालमा उत्पादित गलैचाको अन्तराष्ट्रिय बजार कस्तो छ?
यहाँ उत्पादित गलैचा तथा कार्पेटको अन्तराष्ट्रिय बजार राम्रो छ,यति राम्रो हुदाहुदै पनि राज्यले अवलम्बन गरेको निर्यात नीति तथा ऐनले थुप्रै व्यवधान खडा गरेको हुँदा यसलाई परिमार्जनगरी राज्यले आफ्नो वर्तमान निर्यात नीतिलाई सहज र सरल बनाउनु पर्ने आवश्यकतालाई उद्यमी शाहीले औंल्याएको छन् । निर्यातका लागि झन्झटिला करका क्षेत्र तथा दायरा बढाउदै जाने अनि गलैचा उद्योगका लागि चाहिने आवश्क कच्चा पदार्थको आयातमा उच्चतम भ्याटको क्षेत्रलाई बढवा गर्नुले तयारी वस्तुको निर्यातमा उद्यमीलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाई हुनगई उद्यमी व्यवसायी उत्साहित हुनुको सट्टा निरुत्साही बन्दै गएको अवस्था रहेको कुरा शाहीले बताए ।
नेपालमा उत्पादित गलैंचालाई नेपाली बजारमा खपत गर्नका लागि राज्यले कस्तो नीति अपनाउनु पर्छ ?
यसका लागि गलैचा तथा कार्पेट उद्योगबाट करिब सात आठ लाखको संख्यामा विस्थापित मजदुरको भविष्यलाई पुर्नरताजकी गर्दै मजदुरलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमा रहेका कार्पेट तथा गलैचा उद्योगहरुमा लाग्नलाई प्रोत्सान गरिनु पर्दछ र नेपाली हेण्डी क्राफ्टको उत्पादनलाई राज्यले बढवा गरेमा हामीले भन्दै आएको स्वदेशी लगानी र स्वदेशी उत्पादनको कुराले सार्थकताको बाटो लिन सक्छ र हामी आत्मा निर्भरताको दिशामा अगाडि बढ्नेछौं, एकातिर भने अर्कातिर निर्यातको बाटो फराकिलो हुनेछ । उद्योगले वस्तु उत्पादन गर्ने तर उत्पादित बस्तुको बजार सुनिश्चित नहुँदाको अवश्थाले मुलुकमा संञ्चालित गलैचा तथा अन्य उद्योगहरु रुग्ण एवं धराशायी बन्दै गईरहेको जुन अनुभव र दृष्यहरु हामीले नजिकबाट जसरी देखि−भोगि रहेका छौं,यसलाई राज्यले सकारात्मक दिसातर्फ अघि बढ्रनेगरी,जति सक्दो चाडो संरक्षण,संम्बद्र्धन तथा प्रर्वद्धन हुने उदेश्य लिएर,निर्यातलाई स्वदेशी तथा विदेशी बजारमा जोडीने एउटा निश्चित विन्दु तय गर्नु पर्दछ । यसकालागि विद्यमान ऐन नियमले कतिपय सन्दर्भमा बिक्रि वितरणकोबाटोलाई साघुरो घेरामा राखिदिएको हुँदा निर्यात तथा विक्रिमा विभिन्न झमेलाहरु झेल्लु पर्ने अवस्थाको अन्त्य द्धारा नै उत्पादित वस्तुको निर्यात एवं विक्रिमा सहज हुनेछ ।
नेपाली गलैचा तथा कार्पेट,गूणस्तरीय र यसको महत्व भिन्न हुँदाहुदै पनि
किन आम सर्वसाधारणको पहुँचमा पुग्न सकिरहेको छैन ?
हाल नेपालमा बाहिरबाट एक हप्तामा मेसिनद्धारा निर्मित करिब १ कन्टेनर कार्पेट तथा गलैचा भित्रिने नेपाली बजारमा,यहाँ उत्पादित गलैचालाई यहिको बजारसम्म लगेर विक्रि वितरण गर्न सक्ने वातावरण भएमा यसको उद्यम र व्यवशायलाई अझ उचाईमा पु-याउन सकिने थुप्रै सम्भावना छन । यद्यपि बाहिरबाट नेपाल भित्रिने कार्पेट प्रति मिटर ३ सय देखि १ हजारसम्ममा खरिद गर्न पाईने तर नेपाली गलैचाको न्युनतम मूल्यनै ९ हजार देखि २५ हजार सम्म प्रतिमिटर पर्न जाने हुँदा विदेशी कार्पेट तथा गलैचाले नेपाली बजारलाई प्रभावित बनाई रहेको अवस्थाछ ।
यसकालागि हामीले आयात गर्ने कच्चा पदार्थलाई न्युजिलेण्ड र तिब्बतियन भेडाको प्रसोधित उन खरिद गर्नु पर्ने भएकोले २० प्रतिशत कच्चा पदार्थमा मूल्य बढ्न जान्छ भने, ८० प्रतिशत ज्यालामा जोडिन जान्छ । यसरी लागत मूल्य बढ्नगई,उत्पादित वस्तुको मूल्यमासमेत बृद्धि हुनुले यहाँ उत्पादित वस्तु तथा नेपाली गलैचा आम नेपाली उपभोक्ताको पहुँच भन्दा बाहिर देखिएको परिस्थितिमा, यसको लागत मूल्यलाई न्युनिकरण गर्न राज्यले माथि उल्लेख गरिएको कच्चा पदार्थ आयात दर प्रतिशतमा सहुलियत प्रदान गर्ने नीति अवलम्वन गरेमा आम सर्वसाधारणको पनि केहि हदसम्म नेपालमा उत्पादित कार्पेट तथा गलैचा खरिद गर्नसक्ने पहुँच बढ्ने र स्वदेशी बजारको खपत क्षेत्रमा वृद्धि हुने सम्भावना रहेको पाईन्छ ।
प्रकाशित समय : १३:३२ बजे




















