global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आर्थिक अनिश्चितताबीच न्युजिल्यान्डको रोजगार अवस्था सुधार

आर्थिक अनिश्चितताबीच न्युजिल्यान्डको रोजगार अवस्था सुधार

आर्थिक अनिश्चितताबीच न्युजिल्यान्डको रोजगार अवस्था सुधार

न्युजिल्यान्डको बेरोजगारी दर २०२६ को मार्च त्रैमासिकमा ५.३ प्रतिशतमा झरेको छ, जुन २०२५ को डिसेम्बर त्रैमासिकको ५.४ प्रतिशतभन्दा कम रहेको न्युजिल्यान्डको राष्ट्रिय तथ्याङ्क विभागले बुधबार जनाएको छ ।

विभागका अनुसार सो अवधिमा बेरोजगार व्यक्तिको संख्या एक लाख ६५ हजार बाट घटेर एक लाख ६३ हजार पुगेको छ । रोजगारी दर भने ६६.७ प्रतिशतमै स्थिर रहेको छ ।

श्रम बजारको पूर्ण उपयोग नभएको अवस्था जनाउने व्यापक सूचक पनि १२.९ प्रतिशतमै स्थिर रहेको छ । यस अवधिमा यस्तो अवस्थामा रहेका व्यक्तिको संख्या चार लाख ६ हजार रहेको छ । यसमा बेरोजगार, आंशिक रूपमा मात्र काम पाएका तथा काम गर्न चाहने तर हाल श्रम बजारमा नसमेटिएका व्यक्तिहरू समावेश छन् ।

वार्षिक ज्याला वृद्धि दर २ प्रतिशत रहेको छ, जुन उपभोक्ता मूल्य वृद्धिदर ३.१ प्रतिशतभन्दा कम हो । औसत साधारण प्रति घण्टा पारिश्रमिक ४४.१२ न्युजिल्यान्ड डलर पुगेको छ ।
१५ देखि २४ वर्ष उमेर समूहका, न रोजगारीमा, न शिक्षा वा तालिममा रहेका युवाको दर १३.३ प्रतिशतबाट बढेर १४.४ प्रतिशत पुगेको छ, जसले युवाहरूलाई श्रम बजारमा प्रवेश गर्न थप कठिनाइ भइरहेको देखाउँछ ।

२० देखि २४ वर्ष उमेरका युवतीहरूमा यस्तो अवस्थाको दर १.९ प्रतिशत बिन्दुले बढेर २०.३ प्रतिशत पुगेको तथ्याङ्क विभागकी श्रम बजार प्रवक्ता एबी जोनस्टनले बताए।

अर्थशास्त्रीहरूले मध्यपूर्वमा जारी द्वन्द्व र इन्धन मूल्य वृद्धिले व्यवसायिक विश्वास कमजोर बनाउन सक्ने र आगामी महिनाहरूमा कम्पनीहरूले नयाँ भर्ती रोक्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु