global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा

सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा

सिटिजन्स बैंकको अगुवाइमा दिव्यज्योती हाइड्रोपावरलाई ७ अर्ब ५० करोड कर्जा

काठमाडौं । दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन मस्र्याङ्दी बेसी जलविद्युत आयोजना (५० मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको ऋण लगानी सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंस्थित होटल एभरेष्टमा आयोजित कार्यक्रममा कम्पनी तथा ऋण लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका हुँदै बग्ने मस्र्याङ्दी नदीमा उक्त आयोजना निर्माणाधीन रहेको कम्पनीले जनाएको छ ।

कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह–वित्तीयकरणमार्फत कर्जा व्यवस्थापन गरिने भएको हो । बाँकी ३ अर्ब ८० करोड रुपैयाँ कम्पनीले स्वपूँजीमार्फत जुटाउने जनाएको छ ।
कम्पनीका अनुसार आयोजनाको निर्माण अवधि चार वर्ष तोकिए पनि आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् विद्युतगृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच २०७५ भदौ १० गते सम्पन्न भएको थियो । साथै कम्पनीले २०७४ असोज १ गते ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरेको जनाएको छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु