global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकको नाफा ३८ प्रतिशत बढ्यो

सानिमा बैंकको नाफा ३८ प्रतिशत बढ्यो

सानिमा बैंकको नाफा ३८ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ७५ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ रुपैयाँ ९४ पैसा थियो। प्रतिशेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४८ पैसाबाट बढेर २० रुपैयाँ ८५ पैसा पुगेको बैंकले जनाएको छ।

इक्विटीमा प्रतिफल (आरओई) ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको खुद कर्जा तथा सापटी ११.१९ प्रतिशतले बढेर २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप १०.८४ प्रतिशतले वृद्धि भई २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

पूँजी पर्याप्ततातर्फ टियर–१ पूँजी पर्याप्तता अनुपात १०.१७ प्रतिशत र कुल पूँजी पर्याप्तता अनुपात १३.१० प्रतिशत रहेको बैंकले जनाएको छ।

बैंकको कुल निष्क्रिय कर्जा (ग्रस एनपीए) अनुपात पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु