गृहपृष्ठ बजाज मोटरसाइकल खरिद अब थप सहज, मासिक किस्ता र ब्याजदर दुवै घटे
बजाज मोटरसाइकल खरिद अब थप सहज, मासिक किस्ता र ब्याजदर दुवै घटे
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल)सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार ग्राहकले अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन्।
कम्पनीका अनुसार ऋण अवधि तीन वर्षबाट पाँच वर्षमा विस्तार गरिनुका साथै ब्याजदर ९.९९ प्रतिशतबाट ८.९९ प्रतिशत मा झारिएको छ। यसबाट मासिक किस्ता (ईएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने, जागिरे तथा मासिक बजेटलाई प्राथमिकता दिने ग्राहकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
नयाँ योजनाअन्तर्गत प्लाटिना १०० ईएस को मासिक किस्ता करिब रु. ३,२५५ बाट घटेर रु. २,१२४ मा पुगेको छ। यसबाट ग्राहकले हरेक महिना करिब रु. १,१३१ बचत गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसैगरी डोमिनार ४०० को मासिक किस्ता रु. ८,२२७ बाट घटेर रु. ५,३७० मा झरेको छ, जसले मासिक करिब रु. २,८५७ बचत हुने कम्पनीको दाबी छ।
यो सुविधा प्लाटिना १०० ईएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ। पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० र एनएस४००जेड लगायतका मोडेलको मासिक किस्ता पनि घटाइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सीमित अवधिको छुट योजना नभई ग्राहकको वास्तविक आवश्यकता र मासिक किस्ता तिर्ने क्षमतालाई ध्यानमा राखेर ल्याइएको स्थायी फाइनान्सिङ व्यवस्था हो। नेपाल राष्ट्र बैंकको नियमनमा रहेको एचएफएलमार्फत उपलब्ध हुने यो सुविधा देशभरका एचएच बजाज शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १३:१६ बजे


















