गृहपृष्ठ आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिमा जीडब्लुएम, विद्युतीय सवारी सुरक्षामा जोड

आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिमा जीडब्लुएम, विद्युतीय सवारी सुरक्षामा जोड

आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिमा जीडब्लुएम, विद्युतीय सवारी सुरक्षामा जोड

काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग विश्वभर बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता प्रमुख चासोको विषय बनेको छ। यही सन्दर्भमा चिनियाँ अटोमोबाइल निर्माता जीडब्लुएम (GWM) ले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’ विकास गरी विद्युतीय सवारीको सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ।

धेरैजसो अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लुएमले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी (SVOLT Energy) मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र कार्यसम्पादनमाथि प्रत्यक्ष नियन्त्रण कायम गर्न सहयोग पुगेको छ।

नेपालमा हालै सार्वजनिक गरिएको GWM ORA 5 EV SUV मा पनि एसभोल्टद्वारा विकसित ‘ड्रागन आर्मर ब्याट्री’ प्रयोग गरिएको छ। कम्पनीका अनुसार उक्त ब्याट्री आगो तथा पानी प्रतिरोधी सुरक्षा प्रणाली, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र उच्च कार्यसम्पादनका विशेषतासहित विकास गरिएको हो।

‘ड्रागन आर्मर’ नाम रहनुको कारण यसको आन्तरिक संरचना रहेको कम्पनीले जनाएको छ। ब्याट्रीका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएको संरचनाले विशेष प्रकारको ‘डाउनवर्ड भेन्टिङ’ प्रणाली बनाउने बताइएको छ। कम्पनीका अनुसार कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि उक्त प्रणालीले त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्न सहयोग गर्छ। यसले दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै यात्रुको सुरक्षामा थप योगदान पुग्ने कम्पनीको दाबी छ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु