गृहपृष्ठ महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी
महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी
इनरुवा । इनरुवामा जारी प्रथम कोसीटप्पु खुलामहिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरी फाइनलको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १८-१७ अङ्कले हराउँदै नेपाल प्रहरी फाइनलमा प्रवेशको आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए । खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण भएको थियो ।
त्यसैगरी, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । कोसी प्रदेशलाई २५ का विरुद्ध ३३ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको राष्ट्रिय कबड्डीका अन्तरराष्ट्रिय रेफरी तथा अयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले बताए ।
आज नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी म्याच भएकी कर्णलाई सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले हस्तान्तरण गरेको थियो ।
प्रतियोगितामा उपाधि विजेताले एक लाख र ट्रफी, दोस्रो हुनेले ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा समूहलाई २५/२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रकाशित समय : ०६:२५ बजे



















