global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौँ ।विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न ।

लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा स्कटल्याण्ड ३४ अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा छ । यता नेपाल भने १८ अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु