गृहपृष्ठ राजस्थानलाई हराउँदै कोलकता आईपीएलको शीर्ष स्थानमा
राजस्थानलाई हराउँदै कोलकता आईपीएलको शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकता नाइट राइडर्सले अंक तालिकामा शीर्ष स्थान ओगटेको छ । राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै कोलकता शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
आइतबार राती भएको खेलमा १ सय ४० रनको लक्ष्य पछ्याएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर सुनिल नारायणले ४७ रनको योगदान गरे । अर्का ओपनर क्रिस लिनले ५० रनको महत्वपूर्ण पारी खेले । रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे । राजस्थानका श्रेयस गोपालले दुई विकेट लिए पनि अन्य कुनै पनि बलरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३९ रन जोडेको थियो । स्टिभ स्मिथले ७३ रनमा बनाउँदै अविजित भए पनि टिमलाई जिताउन भने पर्याप्त बनेन । जस बटलरले ३७ रन बनाए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रन बनाउँदै आउट भए । कोलकताका लागि ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।
कोलकताले ५ खेलमा ४ मा जित दर्ता गरेको छ । ८ अंक जोड्दै कोलकता शीर्ष स्थानमा उक्लेको छ भने चेन्नई सुपर किंग्स दोस्रोमा छ ।
प्रकाशित समय : १३:३४ बजे



















