गृहपृष्ठ कसकसले पाउँदैछन् राष्ट्रपतिबाट मानपदवी ? (सूचीसहित)
कसकसले पाउँदैछन् राष्ट्रपतिबाट मानपदवी ? (सूचीसहित)
सरकारले नया बर्षको अबसर पारेर ३४२ जनालाई मानपदवी र विभूषण प्रदान गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच उक्त मानपदवी प्रदान गर्ने छन् । गृहमन्त्रालयले जारी गरेको सुचना अनुसार सरकारले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपालरत्न प्रदान गर्ने छ । त्यस्तै महाउज्नवल राष्ट्रदीप (प्रथम श्रेणी) राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिने छ । यही पदक सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई मरणोपरान्त प्रदान गरिने भएको छ ।
केही समयअगाडि अबकास पाएका पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) प्रदान गरिने छ । त्यस्तै साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिने छ ।
सरकारले प्रवल जनसेवा श्री पदवी १६० जनालाई, जसेवाश्री (पञ्चम श्रेणी) ७४ जनालाई र प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) ६२ जनालाई प्रदान गरिने सूचनामा उल्लेख छ ।
मानपदवी पाउनेहरुलाई सम्मान ग्रहण गर्न गृहमन्त्रालयले औपचारिक नेपाली पोशाकमा आउन भनेको छ । औपचारिक पोशाकमा महिलालाई सारी र चोलो तथा पुरुषलाई लबेदा, सुरुवाल, कोट र जुत्ता लगाएर आउन भनेको छ । विभुषण_नामावली
प्रकाशित समय : ००:२५ बजे


















