गृहपृष्ठ साली भेना र देवर भाउजूले सिस्नु पानी छ्यापेर मनाए विसु पर्व
साली भेना र देवर भाउजूले सिस्नु पानी छ्यापेर मनाए विसु पर्व
आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्व मनाइँदैछ । नयाँ वर्षको पहिलो दिनमा धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहेको छ । बिसु पर्व बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा मनाउने गरिन्छ ।
देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।
प्रकाशित समय : २०:०५ बजे




















