global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गण्डकी प्रदेशका खेलाडीलाई विदाइ

गण्डकी प्रदेशका खेलाडीलाई विदाइ

गण्डकी प्रदेशका खेलाडीलाई विदाइ

नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने गण्डकी
प्रदेशका खेलाडीलाइ विधाई गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री
नरदेवी पुनले आइतबार पोखरा रंगशालमाा आयोजित एक समारोहकाबीच गण्डकी
प्रदेशका खेलाडी सहितको टिमलाई विधाई गरेकी हुन् ।

कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशका खेलाडीहरलाई उच्च मनोवलका साथ
विभिन्न खेलमा आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । आगामी हुने ९ औं
राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्न सक्षम रहेको उनले
दाबी गरिन ।

ओलम्पीयन जित बहादुर केसी, डम्बर कुवंर, विमला रानामगर, मेनका रावत र भगवती के.सी.लाइ ओलम्पीक टर्च हस्तान्तरण गर्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुले अनुशासित पूर्वक खेल प्रर्दशन गर्न आग्रह गरिन् । उक्त ओलम्पीक टर्च लाइट खेलाडीहरु सहित पोखराको नगर परिक्रमा समेत गरिएको
छ ।

गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले गण्डकी प्रदेशका खेलाडीहरुलाई
सफलताको शुभकामना दिदै गण्डकी प्रदेशमा खेलकुदको पूर्वाधार आवश्यक भएको
बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सन्पन्न श्रेष्ठको
अध्यक्षतामा सम्पन्न भएको विदाई कार्यक्रममा राखेपका सदस्य राजेश कुमार
गुरुङको समेत सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशबाट कुस्ती बाहेक ३४
खेलमा ५ सय ५८ जना खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने भएको समितिका कार्यालय
प्रमुख लक्ष्मण योगीले जनाए । जस मध्य पुरुष ३ सय २ जना र महिला खेलाडीमा २
सय ५६ जना रहेकाछन्। पोखरामा ट्याथलन सम्पन्न भएको छ भने प्याराग्लाईडिङ
हुने भएको छ ।

अन्य अधिकाशं खेलहरु नेपालगन्जमा हुदैछ। केहि खेलहरु केहि दिन
अघि देखि संचालन भएको छ । मंगलबार पोखराबाट धेरै खेलका खेलाडीहरु
सहितको टिम जाने तयारी गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालयप्रमुख प्रकाश बरालले बताए ।

विभिन्न खेलमा गरी १ हजार ३ सय ७ वटा स्वर्ण पदकको लागि हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशले कम्तिमा पनि २८ स्वर्ण पदक ल्याउने आशा गरेको अध्यक्ष श्रेष्ठले जनाए । श्रेष्ठको नेतृत्वमा टोली नेपालगन्ज जाने भएको हो । वैशाख ५ गते हुने उद्घाटन सत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वतमा मार्च पास हुने भएको हो ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु