global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट जेठ १ देखि

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट जेठ १ देखि

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट जेठ १ देखि

प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा तेस्रो संस्करणको प्रधानमन्त्री कप प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता जेठ १ गते देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयोे । प्रत्येक दिन एक खेल हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरी १० टोलीको सहभागिता रहनेछ । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ भने दोस्रोले १० लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडीले मोटर साइकल, उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित समय : २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु