global ime bank Long Banner Ad

गृहपृष्ठ व्यापारका आधारमा यी हुन् देशका मुख्य भन्सार नाका

व्यापारका आधारमा यी हुन् देशका मुख्य भन्सार नाका

व्यापारका आधारमा यी हुन् देशका मुख्य भन्सार नाका

नेपालका प्रमुख व्यापारिक नाकाहरूमध्ये वीरगन्जले आयात व्यापारमा र विराटनगरले निर्यात व्यापारमा प्रमुख हिस्सा ओगट्ने गरेको पाइएको छ । भन्सार विभागका अनुसार वीरगन्जले आयात व्यापारमा झन्डै ४४ प्रतिशत हिस्सा ओगट्छ भने विराटनगरले निर्यात व्यापारमा करिब ३० प्रतिशत ।

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा भएको आयात–निर्यात व्यापारको आधारमा भन्सार विभागले यो विश्लेषण गरेको हो । विभागका अनुसार चालू आवको ८ महिनामा कुल ९ खर्ब ४९ अर्ब १० करोड रुपैयाँको आयात भएको छ भने केवल ६१ अर्ब २२ करोड रुपैयाँबराबरको निर्यात भएको छ ।

वीरगन्जपछि भैरहवा, विराटनगर, त्रिभुवन विमानस्थल–काठमाडौं, नेपालगन्ज, रसुवागढी नाका, मेची (काँकडभिट्टा), कृष्णनगर (लुम्बिनी),कैलाली र जलेश्वर मुख्य व्यापारिक नाका हुन् । यसपूर्व चीनसँगको व्यापारमा मुख्य नाकाका रूपमा रहँदै आएको तातोपानी–लार्चा २०७२ वैशाखको भूकम्पपछि पूरै बन्द छ ।

यसमध्ये वीरगन्ज भन्सार र त्यहीँ नजिकै रहेको सुक्खा बन्दरगाहबाट क्रमसः ३ खर्ब २८ अर्ब ८० करोड र ९७ अर्ब ५३ करोड गरी कुल ४ अर्ब २६ करोड ३३ लाख रुपैयाँबराबरको आयात भएको छ भने ती दुवै भन्सार कार्यालय हुँदै केबल १५ अर्ब ४९ करोड रुपैयाँबराबरको मात्र निर्यात भएको छ । यो कुल निर्यातको २५.३१ प्रतिशत हो ।

उता विराटनगर भन्सारबाट १ अर्ब १४ करोड ८२ लाख रुपैयाँको आयात हुँदा १८ अर्ब १९ करोड २६ लाख रुपैयाँको निर्यात भएको छ । आयातमा विराटनगरले १२ प्रतिशत हिस्सा ओगट्छ भने निर्यातमा झन्डै ३० प्रतिशत ।

दोस्रो स्थानमा रहेको भैरहवाले आयातमा करिब १७ प्रतिशत हिस्सा ओगट्दा निर्यातमा ४ प्रतिशतजतिमात्रै हिस्सा ओगट्छ । पहिलो ८ महिनामा भैरहवा हुँदै १ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा त्यस नाका हुँदै केबल २ अर्ब ३८ करोड रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।

देशको अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थल भन्सारले कुल आयात व्यापारमा ११ प्रतिशत र निर्यातमा २५.५ प्रतिशत हिस्सा ओगटेको भन्सार विभागले जनाएको छ । पहिलो ८ महिनामा हवाई मार्ग हुँदै १ खर्ब ६ अर्ब ६१ करोड रुपैयाँबराबरको आयात भएकोमा १५ अर्ब ६१ करोड ११ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

लक्ष्यभन्दा कम भन्सार राजस्व असुल
यसैबीच, चालू आर्थिक वर्षको पहिलो ८ महिनामा लक्ष्यभन्दा करिब १० प्रतिशत कम भन्सार राजस्व उठेको छ । अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म अर्थात् पहिलो ८ महिनाका लागि ११ अर्ब ८३ करोड ८९ लाख भन्सार राजस्व उठाउने लक्ष्य राखिएकोमा जम्मा ११ अर्ब ५५ करोड १७ लाख रुपैयाँमात्रै भन्सार राजस्व उठेको छ ।

लक्ष्यभन्दा निकै कम राजस्व उठेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले हालै भन्सार विन्दुहरूमा कडाइ गरेर भए पनि यस वर्षको राजस्व लक्ष्य पुर्याउन निर्देशन दिएका थिए ।

प्रकाशित समय : २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु