गृहपृष्ठ अफगान प्रहरी मुख्यालयमै तालिबानको आक्रमण
अफगान प्रहरी मुख्यालयमै तालिबानको आक्रमण
अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण भएको छ ।
चरमपन्थि समूह तालिबानले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री सहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेको हो । प्रहरी अधिकारीहरूले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अधिकारीहरुले आक्रमणको भने पुष्टि गरेका छन् । आक्रमणकारीहरूले प्रहरी मुख्यालयनजिकै कारबम विस्फोट गराएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
विस्फोटनसँगै अन्य बन्दुकधारीहरूले पनि गोली प्रहार गरेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय : २३:१२ बजे



















