गृहपृष्ठ पूर्वसांसद गायत्री साह पक्राउ
पूर्वसांसद गायत्री साह पक्राउ
अस्पतालमा शिशु छाडेर हिडेको अभियोगमा पूर्वसांसद गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई शुक्रबार ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो । ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएपछि साहले शिशुलाई अस्पतालमै छाडेर हिडेकी थिइन् । सोही अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साह दम्पत्तिले अस्पतालको लापरर्वाहीका कारण अस्वस्थ बच्चा जन्मिएको र जिम्म पनि अस्पतालले लिनुपर्ने बताउदै आएका छन् । ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मनुमा अस्पतालको कुनै दोष नरहेको मेडिसिटीको भनाइ छ ।
प्रकाशित समय : ००:१३ बजे



















