गृहपृष्ठ प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको प्रस्ताव
प्रदेश १ को राजधानी विराटनगरमै राख्ने नेकपाको प्रस्ताव
प्रदेश १ को स्थायी राजधानी विराटनगरमै राख्ने सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्ताव दर्ता गरेको छ ।
दिनभर चलेको संसदीय दलको निर्णयअनुसार नेकपाले संसद सचिवालयमा विराटनगरलाई राजधानी बनाउने प्रस्ताव दर्ता गरेको हो । प्रस्तावमा प्रदेश १ को राजधानी विराटनगर तोकी कार्यपालिका, व्यावस्थापिकालगायतका अन्य संरचना भने बृहत् बिराट क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैचा आसपासमा रहने उल्लेख छ ।
यसैबीच, नेपाली कांग्रेस र फोरमले भने विराटनगरलाई मात्रै राजधानी बनाउन छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।
प्रकाशित समय : ०१:३३ बजे



















