गृहपृष्ठ अनु र जुमानुलाई एन्फाको विशेष सम्मान
अनु र जुमानुलाई एन्फाको विशेष सम्मान
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामा र पुरुष फुटबल टोलीका पूर्वसदस्य तथा स्ट्राइकर जुमानु राईलाई अखिल नेपाल फुटबल संघले विशेष सम्मान गरेको छ ।
उनिहरुले हालसम्म नेपाली फुटबल क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै एन्फाले सम्मान गरेको हो । दुवै जनालाई १५-१५ लाख रुपैयाँ सहित सम्मान गरिएको छ । पुरुष टिमका पूर्वसदस्य राइले एन्फाले आफ्नो योगदानलाई कदर गर्दै ठुलो सम्मान गरेकोमा आभारी व्यक्त गरे ।
पूर्वकप्तान अनुले औपचारिक रुपमा सन्यासको घोषणा गरिसकेकी छन् ।
एन्फा दिवसका अवसरमा अखिल नेपाल फुटबल संघले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र म्याच अफिसियलहरुलाई सम्मान गरेको छ ।
प्रकाशित समय : ०१:५८ बजे




















