global ime bank Long Banner Ad

गृहपृष्ठ डोजरवाला जनप्रतिनिधि कानुन मिच्दै

डोजरवाला जनप्रतिनिधि कानुन मिच्दै

डोजरवाला जनप्रतिनिधि कानुन मिच्दै

सरकारले एक करोड रुपैयाँ भन्दा कम रकमका विकास निर्माणका योजनामा डोजर प्रयोग नगर्ने निर्णय गरेपनि पाल्पाको रैनादेवि छहरा गाउँपालिकामा भने यो निर्णय कार्यान्वयनमा आएको छैन ।

गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष नै डोजर मालिक भएकाले यो निर्णय कार्यान्वयन नभएको हो । सरकारले गत फागुन १ गतेदेखि कार्यान्वयन हुनेगरी निर्णय गरेको थियो । अहिले गाउँँपालिकाका वडा नं. ७ र ८ मा पर्ने चिसापानीदेखि हात्तिगौंडासम्म मोटरबाटो चौडा गराउने काम भइरहेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको यो योजनाको काम जारी रहेको छ । यो योजनाका लागि १५ दिन अघिदेखि डोजर प्रयोग गरेर काम थालिएको छ ।

खड्केनीपोखरामा पनि हाल रु सात लाख बजेटमा बाटो निर्माणमा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीकै डोजर चलिरहेको स्थानीयले बताएका छन् ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु