गृहपृष्ठ आईपीएल : मुम्बई क्यालिफायरमा, दिल्लीले एलिमिनेटर खेल्ने
आईपीएल : मुम्बई क्यालिफायरमा, दिल्लीले एलिमिनेटर खेल्ने
मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा पुगेको छ ।
कोलकता नाइट राइडर्सलाई आइतबार राति ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो । अब मुम्बइले चेन्नई सुपर किंग्ससँग मुम्बईले क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ । खेल मंगलबार हुनेछ ।
यस्तैै दिल्ली क्यापिटल्स भने अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । दिल्लीले सनराइजर्स हैदरावादसँग बुधबार एलिमिनिटर खेल खेल्नेछ । समान १२ अंक भएपछि रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको हो ।
एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।
प्रकाशित समय : १३:२३ बजे


















