global ime bank Long Banner Ad

गृहपृष्ठ चेल्सीले जित्दा टोटेनहमलाई धक्का

चेल्सीले जित्दा टोटेनहमलाई धक्का

चेल्सीले जित्दा टोटेनहमलाई धक्का

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा वाट्फोर्डलाई ३–० गोलले हराउँदै चेल्सी टोटेनहम हस्टपरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । लिगमा अन्तिम राउन्डको खेल बाँकी छ । चेल्सीले टोटेनहमलाई एक अंकले पछि पार्दै अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित पनि गर्यो ।

टोटेनहमको पनि च्याम्पियन्स लिग खेल्ने सम्भावना भने जिवितै छ । प्रिमियर लिगका शीर्ष चार टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउछन् । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन रुवेन लफटस चिक, डेभिड लुइज र गोन्जलो हिगुआइनले गोल गरेका थिए ।

लिगमा चेल्सीको ३७ खेलबाट ७१ अंक रहँदा टोटेनहम समान खेलबाट ७० अंक जोडेको छ । वाट्फोर्ड ५० अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु