गृहपृष्ठ आर्सनललाई ब्राइटनले रोक्दा युनाइटेड हडल्सफिल्डसँग बराबरीमा रोकियो
आर्सनललाई ब्राइटनले रोक्दा युनाइटेड हडल्सफिल्डसँग बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल ब्राइटनसँग र म्यानचेस्टर युनाइटेड हडल्सफिल्डसँग अंक बाढ्न बाध्य भएका छन् । उनिहरुले समान १–१ गोलको बराबरी खेले ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । नवौं मिनेटमा पाएको पेनाल्टीलाई पिएर इमिरिक औवामियाङले गोलको दिशा दिएका थिए ।
तर, ६१औं मिनेटमा पेनाल्टीमार्फत ब्राइटनले गोल फर्कायो । बाँकी समयमा दुवैतर्फबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । बराबरीसँगै आर्सनलको शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ ।
यस्तै प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड रेलिगेसनमा झरिसकेको हडल्सफिल्डसँग १–१ गोलको बराबरीमा रोकियो । खेलभर दवाव सिर्जना गरेपनि युनाइटेडले जित निकाल्न सकेन । आठौं मिनेटमा स्कट टोमिनेले गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड अंक बाड्न बाध्य भएको हो ।
६०औं मिनेटमा इसाक मेवेन्जाले बराबरी गोल फर्काएका थिए । बराबरी खेलेपछि युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छ । युनाइटेड ६६ अंकसहित तालिकाको छैटौ स्थानमा छ ।
प्रकाशित समय : १३:५४ बजे



















