गृहपृष्ठ सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन : गृहमन्त्री गुरुङ
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन : गृहमन्त्री गुरुङ
प्रतिनिधिसभा बैठकमा मन्त्री
काठमाडौँ, ४ असारः
गृहमन्त्री सुधन गुरूङ बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षक माथिको छलफलमा गृह मन्त्रालयसम्बन्धी उठेका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए।
प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राख्नुभएको थियो । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए।
टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेको थियो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएको थियो ।
प्रकाशित समय : १६:५१ बजे


















