global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीमा ‘राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप’ सुरु

कर्णालीमा ‘राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप’ सुरु

कर्णालीमा ‘राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप’ सुरु

कर्णाली ।सुर्खेतको वीरेन्द्रनगरमा ४६औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसिप, २०८३ सुरु भएको छ । नेपाल एथ्लेटिक्स सङ्घका आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा समन्वयमा सञ्चालित उक्त प्रतियोगिताको आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं सङ्घका केन्द्रीय अध्यक्ष राजीवबिक्रम शाहले उद्घाटन गरे ।

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई खेल क्षेत्रका केन्द्र बनाउने लक्ष्यअनुसार कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गरिएको बताए । उनले भने, “मुलुकको आर्थिक समृद्धि, सामाजिक विकास र पर्यटन प्रवद्र्धनमा खेल क्षेत्रको धेरै ठूलो भूमिका छ । कर्णाली त्यो सम्भाव्य भूमि हो जसले खेल क्षेत्रबाट देशलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगत्मा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । विकट भूगोल र पिछडिएको भनिएको प्रदेशमा राष्ट्रियस्तरको खेलकुद हुनु राष्ट्रकै लागि गौरवको विषय हो ।”

प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ट्रयाक र फिल्डको परीक्षणका लागि एथ्लेटिक्स खेलको आयोजना गरिएको बताए। परिषद्मा ४३ विभिन्न खेल दर्ता भएको र ती खेल ओलम्पिक कमिटी दर्ता गराई उनीहरुको संस्थागत विकास गर्नु प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो ।

नेपाल एथ्लेटिक्स सङ्घका केन्द्रीय उपाध्यक्ष कोमल ओलीले कर्णाली प्रदेशको सुन्दर नगरी वीरेन्द्रनगरमा राष्ट्रियस्तरको एथ्लेटिक्स खेलकुद हुनुले यसको गरिमा र क्षमता बढाएको बताए । “कर्णाली खेल क्षेत्रमा धेरै माथि छ । यसले हिमचितुवा भनेर चिनिने जुम्लाका हरि रोकाय जस्ता खेल क्षेत्रका प्रतिभावान् व्यक्तित्व जन्माएको छ । यहाँका भरका देशैभरका खेलाडीहरुलाई स्वागत गर्न पाएको हर्षित छु,” उपाध्यक्ष ओलीले भने,

प्रतियोगितामा पुरुष तथा महिलातर्फ १४र१४ गरी २८ इभेन्ट छन् । यसमा सात प्रदेश, तीन विभागीय टोली नेपाली सेना, त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीतर्फको पुलिस क्लब रहेको छ । दश टोलीबाट १२० महिला र १२० पुरुष गरी २४० जना खेलाडीहरुले २८ स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत आज भएको दश किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशका सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको छ । च्याम्पियिनसिपका विजेता खेलाडीहरुलाई क्रमशः १५र१५ हजार नगद पुरस्करसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु