काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिपन्न बालबालिकालाई वडा सदस्यको सहयोग

9.7K
shares

पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ का वडा सदस्य मनबहादुर थापामगरले अनाथ तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग गरेका छन् ।

पछिल्लो पटक सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत खगेन्द्र श्रेष्ठ र गंगाप्रसाद श्रेष्ठलाई किताब, पोसाकलगायत शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानध्यापक जगतप्रसाद पौडेलले जानकारी दिए ।

गरिबीका कारणले कोही पनि बालबालिका शिक्षाको अवसरबाट बन्चित हुन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गरेको वडा सदस्य थापाले बताए ।

उनले आर्थिक अवस्था कमजोर भई पढाइखर्च जुटाउन नसकिरहेका अन्य दुई विद्यार्थीको पनि अभिभाकत्व ग्रहण गरी शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडा सदस्य थापाले आर्थिक वर्ष २०७४/७५ को शैक्षिक सत्रदेखि सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत अनाथ विद्यार्थी गरीमा चौधरी र रोहित चौधरीको अभिभाकत्व ग्रहण गरेका थिए । (रासस)