काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतले भन्यो- नेपालको सीमा मिचेका छैनौं

10.42K
shares

नयाँ नक्सामा नेपाली भूभाग परेको कुरालाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेका हुन् ।

नया नक्सामा आफ्नो सम्प्रभू क्षेत्रलाई मात्र देखाइएको भारतको टिप्पणी छ । यद्यपि, नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनको भनाइ छ ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागमा देखाइएको छ । भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भइरहेको छ । सरकारले विज्ञप्ति जारी गरी भारतले एकपक्षीय रुपमा बनाएको नक्सा अस्वीकार्य भएको बताएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेसलगायत ठूला दलका शीर्ष तहका नेताले समेत खुलेर भारतीय नयाँ नक्साको विरोध गरिरहेका छन् ।