काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रामगोपालपुरले जित्यो उद्घाटन खेल

325
shares

सिरहा। गोलबजार नगरपालिकामा आजदेखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाराको महागढीमाई नगरपालिकालाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रामगोपालपुरले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको महागढीमाईले १३१ रन मात्र बनाउन सक्यो । हारसँगै महागढीमाई प्रतियोगिताबाट बाहिरिएको छ ।

रामगोपालपुरका सुजित साह ‘म्यान अफ द म्याच’ घोषित भए। उनले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा १८ रन बनाएको थिए ।

चोहर्वा क्रिकेट टिमको आयोजना र गोलबजार नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका १६ टोली सहभागी छन् । चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोजकुमार रायले प्रतियोगितामा १६ टोली सहभागी रहेको जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य रामचन्द्र महतोले संयुक्त रूपमा ब्याटिङ र बलिङबाट गरेका थिए ।
प्रतियोगिताका विजेतालाई एक लाख ११ हजार र उपविजेतालाई नगद ६१ हजार प्रदान गरिने छ । खेलमा ‘म्यान अफ द सिरिज’ घोषित खेलाडीले पाँच हजार १०० तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही दुई हजार १०० नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार सिरहाको सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।