काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर

312
shares

महोत्तरी। शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ ।

मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ । शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने गरेको जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले राससलाई बताए ।

जलेश्वरनाथ शिवलिङ्गसँगै त्रिशूली देवी स्थापना भएको जनविश्वास छ । नवरात्रभर त्रिशूली देवीको नित्य पूजाअर्चना जलेश्वरनाथ महादेव मन्दिरका पुजारीबाटै हुँदै आएको छ । त्रिशूली देवीको दर्शनका लागि महोत्तरीसहित मिथिला क्षेत्रका धनुषा, सर्लाही , सिरहा र छिमेकी मुलुक भारतका सीतामढी, मधुवनी, शिवहर र झञ्झारपुर जिल्लासम्मका श्रद्धालु आउने गरेका छन् ।