काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विभिन्न विधाका फोटो पत्रकार सम्मानित

351
shares

काठमाडौँस्।राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारणसभाले फोटो पत्रकारिताको व्यावसायिक विकास, पेसागत सुरक्षा, तस्बिरको प्रतिलिपि अधिकार संरक्षण तथा फोटोको रोयल्टी सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिएको छ । आज यहाँ सम्पन्न साधारणसभाले संस्थालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउँदै फोटो पत्रकारको हकहित संरक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको हो ।

साधारणसभामा अध्यक्ष प्रदीपराज वन्तले प्रस्तुत गरेको अध्यक्षीय प्रतिवेदनमा फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै पेसागत सुरक्षा, तस्बिरको उचित मूल्य, प्रतिलिपि अधिकारको संरक्षण र ऐतिहासिक तस्बिरको अभिलेखीकरणलाई प्रमुख मुद्दाका रूपमा उठाइएको छ । साधारणसभामा सहभागी पूर्वअध्यक्ष मीनरत्न बज्राचार्यले फोटो पत्रकारिताको व्यावसायिक विकाससँगै तस्बिरको संरक्षण र उचित प्रयोगमा ध्यान दिनुपर्ने बताए । फोटो पत्रकारिताका विद्यमान चुनौती सामना गर्न संस्थागत पहल आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका विकास रौनियारले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढिरहेको अवस्थामा फोटो पत्रकारितामा यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने धारणा राख्े । साधारणसभामा महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्ष २०८२र८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सङ्गठन विस्तार, क्षमता अभिवृद्धि, अन्तरराष्ट्रिय सहकार्य तथा फोटो पत्रकारहरूको पेसागत हकहित संरक्षणका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराए ।

फोटो पत्रकार सम्मानित

साधारणसभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको छ । साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटन विधामा तनहुँका सागर गिरी, मनोरञ्जन विधामा वद्री थापा, सांस्कृतिक विधामा प्रकाश गोपाली र खेलकुद विधामा पोखराका वसन्त शेर्पा सम्मानित भएको छन ।

पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३’ हरिश सिंह नगाललाई नगद पाँच हजारसहित प्रदान गरिएको छ । ‘एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३’ संस्थाका सदस्य रामशरण महर्जन ‘अजय’लाई प्रदान गरिएको छ भने उत्कृष्ट शाखाका रूपमा रामेछाप शाखालाई सम्मान गरिएको छ ।

अन्तरराष्ट्रिय फोटोग्राफी समिट

अध्यक्ष वन्तले आगामी वैशाख १३ गते नेपालमा अन्तरराष्ट्रिय फोटोग्राफी समिट आयोजना गर्ने घोषणा गर्ेका छन् । समिटमा विश्वका विभिन्न देश तथा एसियाबाट करिब १०० जना फोटो पत्रकार र फोटोग्राफरलाई आमन्त्रण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

विश्व फोटोग्राफी तथा फोटो पत्रकारितामार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नु समिटको मुख्य उद्देश्य रहेको उनले बताए । नेपालको हिमाल, वनजंगल, वातावरण, वन्यजन्तु तथा सांस्कृतिक सम्पदालाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने लक्ष्यसमेत समिटले राखेको छ ।