काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ’

559
shares

नारायणगढ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका साथ वर्तमान सरकारलाई काम गर्ने अवसर दिनुपर्ने बताएको छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए। सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयासलाई सकारात्मक रूपमा लिइएको उनले बताए ।

अध्यक्ष घिसिङले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा गरेका प्रयास सकारात्मक भए पनि सबै काम कानुनबमोजिम हुनुपर्नेमा जोड दिए । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका समस्या पनि प्रभावकारी रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ । महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

विद्युत्, शिक्षा, स्वास्थ्य तथा राइड सेयरिङलगायत क्षेत्रमा थप कर लगाउन नहुने भन्दै अध्यक्ष घिसिङले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । कानुन निर्माण गर्दा जनताको हित र देशका विभिन्न क्षेत्रमा सुधार गर्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ छ ।

कानुन बनाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले त्यसको कार्यान्वयन पनि उचित ढङ्गले हुनुपर्ने बताए। विगतमा देखिएको निराशा अन्त्य भएर आशा जाग्ने जनअपेक्षा हालसम्म पूरा हुन नसकेको उजको भनाइ छ ।

यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सङ्गठन तथा सदस्यता विस्तारको काम देशभर व्यापक रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । पार्टीको संरचनागत सुधार गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिइएको उनले बताए ।