कामना सेवा विकास बैंक र महासंघबीच सम्झौता
वि.सं.२०८३ असोज २० मंगलवार १३:२५
shares
काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार उद्योगी व्यवसायीलाई वित्तीय ज्ञान, वित्तीय विवरण तयारी तथा वित्तीय अनुपालनसम्बन्धी तालिम सञ्चालन गरिनेछ। आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने जनाएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कार्यक्रमले व्यवसायीको वित्तीय ज्ञान र अनुपालन क्षमता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले व्यवसायीको क्षमता अभिवृद्धिमा कार्यक्रम केन्द्रित हुने बताए।

























