एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८३ असोज १६ शुक्रवार १४:३४
shares

सारांश
- एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
- सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
- आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गरेको छ।
सभाले शेयरधनीहरूका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने करसमेत नगद लाभांशबाट व्यवस्थापन गरिने जनाइएको छ।
बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावसमेत सभाले पारित गरेको छ।
यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिबाट पारित गरेको छ।

























