काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दूधमति नदीमा आइतबार देखि महा आरतीका सुरुवात

624
shares

ai logo सारांश

  • - धनुषाको दूधमति नदीमा आइतबार देखि महा आरतीको सुरुवात
  • - दूधमति नदीको संरक्षणसँगै धार्मिक पर्यटक प्रवद्र्धन गर्ने
  • - आरती कार्यक्रमबाट नदी संरक्षणमा थप बल पुग्ने मधेस प्रदेशका सभामुख राम अशिष यादवको भनाई

जनकपुरधाम । धनुषाको दूधमति नदीमा आइतबार देखि महा आरतीको सुरुवात गरिएको छ ।

धार्मिक तथा संस्कृति महत्व बोकको दूधमति नदीको संरक्षणसँगै धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले दूधमति नदिको उदगम स्थलको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ दूधमति अर्जनमा घाटमा छाता ईनिसिएटिभ नाम संस्थाको अग्रसरतामा महाआरतीयको सुरुवात गरिएको छ ।

आइतबार देखि महा आरती सुरुवात गरिएको अवसरमा हजारौको संख्यामा स्थानिय श्रद्धालुहरुको उपस्थिति रहेको थियो । महा आरतीमा स्थानिय श्रद्धालु साधु सन्त र धार्मिक अभियन्ताहरुको उपस्थिति रहेको महा आरतीको अगुवाई गरिरहेको स्थानिय अभियन्ता अमरेन्द्र यादवले जानकारी दिए । उनले दूधमतिमा महा आरती सुरु गर्नुको मुख्य उदेश्य धार्मिक अभियान संगै नदी संरक्षण मुख्य अभियान रहेको उनले बताए ।

त्रेता युगमा सीताको जनमको समयमा सीतालाई दूध खुवाउनको लागि धर्तीमा आएकी कामधेनु गाईको दुधबाट नदीको उत्पती भएको धार्मिक विश्वास रहेको छ ।

आरती कार्यक्रममा बोल्दै मधेस प्रदेशका सभामुख राम अशिष यादवले सबैको सहकार्यबाट मात्रै यो अभियान सफल हुने बताउदै सबैले आ आफनो ठाउबाट सहयोग पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले यस अभियानबाट नदी संरक्षणमा थप बल पुग्ने बताए ।