काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस विभाजन हुँदैन, असन्तुष्टि क्षणिक हो : चिरीबाबु महर्जन

481
shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए । उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे ।

उनले भने, ‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा मैले हेरिरहेको छु । कांग्रेस विभान हुने यो हल्ला मात्र हो, कांग्रेस विभाजन हुँदैन । विभाजन नै भए पनि एक क्षणिक मात्रै हुन्छ ।’

उनले कांग्रेस विभाजन हुने चर्चा केवल हल्ला भएको दाबी गरे । उनले विभाजन भइहाले पनि त्यो क्षणिक मात्रै हुने बताए ।

महर्जनले नेताहरूबीचको असन्तुष्टि केही समयपछि अन्त्य भएर पुनः एकता हुने बताए ।