काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल क्यान्सर अस्पतालले अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउँदै

273
shares

काठमाडौँ । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइँदैछ। यस अवसरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरको समयमै पहिचान तथा परीक्षणको महत्वबारे सचेतना फैलाउने बताए ।

अस्पतालका अनुसार स्तन क्यान्सरको समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित परीक्षण र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिन आवश्यक छ।

अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सरसम्बन्धी आवश्यक स्वास्थ्य परीक्षणलाई अझ सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्यप्रति सचेत रहँदै समयमै परीक्षण गराउनसमेत अस्पतालले सबैलाई आग्रह गरेको छ।