गृहपृष्ठ नेपाल क्यान्सर अस्पतालले अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउँदै
नेपाल क्यान्सर अस्पतालले अक्टोबरलाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउँदै
काठमाडौँ । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइँदैछ। यस अवसरमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरको समयमै पहिचान तथा परीक्षणको महत्वबारे सचेतना फैलाउने बताए ।
अस्पतालका अनुसार स्तन क्यान्सरको समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित परीक्षण र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिन आवश्यक छ।
अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सरसम्बन्धी आवश्यक स्वास्थ्य परीक्षणलाई अझ सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ। स्वास्थ्यप्रति सचेत रहँदै समयमै परीक्षण गराउनसमेत अस्पतालले सबैलाई आग्रह गरेको छ।
प्रकाशित समय : १७:३८ बजे


















